माघ २, धादिङ ।
वि.स. १९९० साल माघ २ गते गएको भूकम्पको सम्झनामा आज देशभर विभिन्नकार्यक्रम गरी २० औँ राष्ट्रिय भूकम्प सुरक्षादिवस मनाइँदैछ ।‘सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार’ भन्ने नाराका साथमनाउनलागिएको दिवसकाअवसरमामूल समारोह समितिले आजवसन्तपुरमाविशेष कार्यक्रमआयोजनागर्दैछ ।

२०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षादिवसका रुपमामनाउनथालिएको हो ।भूकम्पकाबारेमाजनचेतनाजगाउने उद्देश्यले सरकारले यो दिवस मनाउनथालेपछि २०७२ साल वैशाख १२ गते शनिबार गोरखाको बारपाक केन्द्रबिन्दू भएको भूकम्पले करिब ९ हजार मानिसको ज्यानलियो ।

त्यसबाट आठ लाखभन्दा बढी निजी घर ध्वस्तभएभने दुई सयभन्दा बढी पुरातात्विक सम्पदाभत्किए ।सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौ, ललितपुर र भक्तपुरमाभूकम्पले बढी क्षतिपु¥याएको थियो । अन्य १७जिल्लामाआंशिकक्षतिपुग्यो । तर अहिलेसम्मपुननिर्माणको कामआशातितगतिमाभईरहेको छैन ।

दिवस मनाउन७७ वटै जिल्लाप्रशासनकार्यालयलाई निर्देशनदिइएको गृह मन्त्रालयले जनाएको छ । जनचेतनामूलककार्यक्रमगर्न स्थानीयतहलाई पनिप्रशासनले नै समन्वयगर्ने जनाइएको छ ।

Facebook Comments