
स्वास्थ्यकर्मी र सञ्चारकर्मी विच भएको फुटसल प्रतियोगीतामा स्वास्थ्यकर्मीको समूह विजयी भएको छ ।
धादिङ अस्पताल र नेपाल पत्रकार महासंघ धादिङ बीच भएको मैत्रीपूर्ण फुटसल खेलमा धादिङ अस्पतालको समूह ६–९ को गोल अन्तरले विजयी भएको हो ।
धादिङ अस्पतालको आयोजनामा भएको प्रतियोगिता सम्पन्न भएको हो । विश्व फुटबलको सर्वकालीन महान (सर्वश्रेष्ठ) खेलाडी पेलेको स्मृति तथा सम्मानमा फुटसल प्रतियोगिताको आयोजना गरिएको हो ।
यस्ता मैत्रीपूर्ण प्रतियोगीताहरुले संचारकर्मी र स्वास्थ्यकर्मी बीचको सम्बन्ध थप सुमधुर बन्ने पत्रकार महासंघका अध्यक्ष राजाराम शर्माले बताउनुभयो । आगामी दिनमा पनि यस्ता प्रतियोगीताहरुलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।















