
तस्विर: रोहित गुरुङ
माघ २,धादिङ ।
तमु जातिमा माइती र चेलीमा सुमधुर सम्बन्ध कायम राख्ने बिशेष महत्व बोकेको माङी औंसी पर्व स्वदेश तथा विदेशमा रहेका तमू गुरुङ नारीहरुले एक आपसमा खुशी साटासाट गरि मनाएका छन् ।
सोही अवसरमा माङी औंसी पर्व आज धादिङमा पनि मनाईएको छ । तमूस्यो ह्यूल छोंज धीं जिल्ला कार्य समिति धादिङको आयोजनामा माङी औंसी पर्व मनाईएको हो । तमूस्यो ह्यूल छोंज धी जिल्ला कार्य समिति धादिङका अध्यक्ष शान्तीमाया तमुस्योको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा तमूस्यो ह्यूल छोंज धीं जिल्ला कार्य समितिका पदाधिकारी, विभिन्न गाउँ ईकाई समितिका महिला दिदि वहिनिहरु, लगायत नेपाल तमू विद्यार्थी छोंज धी जिल्ला कार्य समिति धादिङका पदाधिकारीको उपस्थिति रहेको थियो ।
जनजातिका फरक फरक परम्परा र सस्कारहरुमा गुरुङ तमुहरुको पनि आफ्नै महत्वपुर्ण सस्कारहरु रहेको छ । माङी पर्वले सम्पुर्ण दिदि वहिनिहरुमा सुख शान्ती छाओस माङी पर्वले जोश जाँगर मिलोस् शान्ती माया तमूस्योले शुभकामना दिनुभयो । साथै उहाँले हरेक पर्वले फरक फरक समय र सस्कृतिको भाव दर्शाउने हुदाँ बेलाबेलामा आउने यस्ता हाम्रा पर्वहरू मनाउदै आफ्नो परम्परा र संस्कारहरु संरक्षण गर्नु हाम्रो दाईत्व हुने कुरामा जोड दिनुभयो । त्यसैगरि गंगाजमुना गाउँपालिका वडा नम्बर ३ गुम्दी अम्बोटेका तमू नारीहरुले पनि धुमधामका साथ माङी औंसी पर्व मनाएका छन् ।

तस्विर : सन्तोष गुरुङ, गुम्दी