महालक्ष्मी विकास बैंक लिमिटेड धादिङ शाखाले कर्णेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत गरिब, दलित तथा जेहेन्दार विद्यार्थीको लागि नगद सहयोग गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत शैक्षिक सहायता कोष मार्फत छात्रवृत्ति प्रदान गर्ने गरि विद्यालयका प्रधानध्यापक विष्णुहरि अधिकारीलाई ३५ हजारको चेक प्रदान गरेको हो ।

विद्यालयको ६२ औ स्थापना दिवस, खेलकुद तथा दोस्रो त्रैमासिक परिक्षाको नतिजाको पुरस्कार वितरण तथा अभिभावक दिवसको अवसरमा बैंकका प्रवन्धक खिल प्रसाद सिलवालले प्रधानध्यापक अधिकारीलाई चेक हस्तान्तरण गर्नुभएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा निलकण्ठ नगरपालिका वडा नं ७ का वडा अध्यक्ष गौतमहरि अधिकारीको प्रमुख आतिथ्य रहेको थियो ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत प्रदान गरेको छात्रवृत्ति रकमले गरिव दलित तथा जेहन्दार विद्याथीहरुको शिक्षा हासिल गर्न थप सहयोग पुग्ने अपेक्षा राखेको शाखा प्रवन्धक खिल प्रसाद सिलवालल बताउनुभयो । बैकले यस्ता सामाजिक कार्यक्रम वार्षिक रुपमा गर्दै आएको र आगामि दिनहरुमा पनि गर्दै जाने उहाँले बताउनुभयो ।

यस्तै विद्यालयका प्रधानाध्पक विष्णुहरी अधिकारीले महालक्ष्मी बिकास बैंकले विद्यार्थीहरुले प्रदान गरेको छात्रवृत्ति रकमले गरिव तथा जेहन्दार विद्यार्थीहरुको शैक्षिक विकासको लागि ठूलो सहयोग पुगेको भन्दै महालक्ष्मी बैकलाई धन्यबाद प्रदान गर्दै बैकका शाखा प्रवन्धक सिलवाललाई सम्मान पत्र प्रदान गर्नु भएको थियो ।

Facebook Comments