२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

घट्यो ईन्धनको मुल्य

घट्यो ईन्धनको मुल्य
सेयर गर्नुहोस्
०सेयर

सरकारले पेट्राेलियम पदार्थकाे मूल्य घटाएकाे छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले आज आइतवार राति १२ बजेदेखि लागू हुने गरी पेट्राेलियम पदार्थकाे मूल्य घटाएकाे हाे ।

निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन/तीन रुपैयाँका दरले घटाएकाे छ । यस्तै आन्तरिक र अन्तर्राष्ट्रिय हवाई इन्धनमा क्रमश: २० र ३० रुपैयाँले घटेकाे निगमले विज्ञप्तिमार्फत जनाएकाे छ । याेसँगै अब पेट्राेल प्रतिलिटर एक सय ७५ रुपैयाँ कायम भएकाे छ भने डिजल र मट्टीतेल प्रतिलिटर एक सय ७५ रुपैयाँ कायम भएकाे छ ।

आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर एक सय ७० रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर एक हजार चार सय २० डलर कायम भएको छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने अहिलेलाई यथावत् राखेकाे छ ।

यसअघि भारतले पेट्राेलियम पदार्थकाे मूल्यसूची घटाएर पठाए पनि निगमले भने नघटाएकाे भन्दै उपभाेक्ताले विराेध गर्दै आएका थिए । गएकाे बिहीवार प्रधानमन्त्रीले पेट्राेलियम पदार्थकाे मूल्य घटाउन निर्देशन दिए पनि निगमले भने आज मूल्य घटाएकाे हाे ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।