२५ पौष,२०७९

धादिङ – मंसिर ४ गते सम्पन्न संसदिय निर्वाचन पछि बनेको नयाँ संसद्को पहिलो बैठक र संसद अधिवेशनको शुभारम्भ आजबाट हुँदैछ । प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यतामा बैठक बस्ने छ । बैठकमा ज्येष्ठ सदस्य राणाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ । यस्तै प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएको पत्र र मन्त्रिपरिषद् गठन भएको जानकारी पनि सदनलाई गराउने छ ।

आज दिउँसो १ बजेका लागि बैठक डाँकिएको छ । संसद अधिवेशन शुभारम्भ भएको अवसरमा दलीय आधारमा सांसदहरुले संसदमा सम्बोधन गर्नेछन् । संसदमा पहिलो दल रहेको नेपाली कांग्रेस हाल प्रतिपक्षमा रहेको छ भने दोस्रो दल नेकपा एमाले र अन्य चौथो पाँचौ दलहरुको समर्थनमा संसदको तेस्रो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष यस अघि प्रधानमन्त्री बनिसकेको छ ।

Facebook Comments