
नेपाल इङ्लिश ल्याङ्वेज टिचर एसोसिएसन धादिङ (नेल्टा) शाखाको अध्यक्षमा ईश्वरी प्रसाद पाण्डे चयन हुनुभएको छ ।
शनिबार धादिङवेशींमा सम्पन्न अधिवेशनले पाण्डेको अध्यक्षमा ९ सदस्सीय नयाँ कार्य समिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा दिपेन्द्र रिजाल, सचिवमा राम प्रसाद अर्याल, सह–सचिवमा जयराम रुपाखेती, कोषाध्यक्षमा शशी अर्याल चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा जानुका कंडेल, मोदनाथ कोईरला(प्रदिप) शरण रेग्मी र नवराज पाठक रहनुभएको छ । जिल्ला अधिविशन सम्पन्न भएको छ । नेल्टा धादिङका निवर्तमान अध्यक्ष रुद्र प्रसाद दनको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा नेल्टाका केन्द्रिय सदस्य काशीराज पाण्डेको प्रमुख आतिथ्य रहेको थियो ।