तीन महिने फुटबल प्रशिक्षण आज बुधबार देखि धादिङबेसीमा सुरु भएको छ । निलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा धादिङ फुटबल क्लबले प्रशिक्षणको आयोजना गरेको हो ।

“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने नाराको साथ माघ २५ गतेबाट सुरु भएको प्रशिक्षण २०८० बैशाख २५ गतेसम्म सञ्चालन हुने धादिङ फुुटबल क्लबका अध्यक्ष गोपीकृष्ण भण्डारीले जानकारी दिनुभयो । प्रशिक्षणमा जिल्लाभरबाट ५० जना फुटबल खेल्न इछुक व्यक्तिहरुको सहभागिता रहेकोे अध्यक्ष भण्डारीले बताउनुभयो ।

त्यस्तै उहाँले ११ ए. साइड नसकिए पनि ९ ए.साइड खेलाउने र धादिङ बाट राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरका फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रशिक्षणको आयोजना गरिएको उहाँले बताउनुभयो खेलाडीलाई डाइटको पनि व्यवस्था रहेको र स्थानिय निकायसँग सहकार्य गरि अगामि दिनमा फुटबलको विकास गर्दै जाने बताउनुभयो । प्रशिक्षणमा सहभागीहरुलाई रवि भण्डारीले प्रशिक्षण गराउनु हुनेछ ।

धादिङ फुटबल क्लबका अध्यक्ष गोपि कृष्ण भण्डारीको अध्यक्षतामा सम्पन्न भएको प्रशक्षिण उद्घटनमा नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष एवं नीलकण्ठ नगरपालिकाका कार्यवाहक मेयर राजन बराईलीको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा जिल्ला खेलकुद संघका अध्यक्ष प्रताप तामाङ, पत्रकार महांसघ धादिङका अध्यक्ष राजाराम शर्मा, प्रशिक्षक लगायत फुटबल खेलाडीहरुको सहभागिता रहेको थियो ।

Facebook Comments