
माघ ८, धादिङ ।
आज श्रीपञ्चमी अर्थात सरस्वती पुजा बिद्याकी देवी सरस्वतीको पुजा आराधना गरी मनाइँदैछ । ऋतुहरुको राजा वसन्त ऋतुको सुरुवात हुने भएकोले आजको दिनलाई वसन्त पञ्चमी पनि भन्ने गरिन्छ ।
सन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई वसन्तश्रवण गर्ने परम्परा छ । संगीत, कला, साहित्य र विद्याकी देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी स्तोत्रपाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास छ ।
अहिले शैक्षिक सस्था थता घरघरमा सरस्तवी देवीको पुजा आराधना भईरहेको छ । आजकै दिन साना बालबालिकालाई अक्षरारम्भ पनि गराइन्छ । सरस्वतीलाई महाविद्या, महावाणी, भारती, शारदा, आर्या, ब्राह्मी, कामधेनु, वेदगर्भा, धीश्वरी नामले समेत सम्बोधन गरिन्छ ।
सदरमुकाम धादिङबेशीका विभिन्न विद्यायलहरुमा आज सरस्वतीको पुजा साथै अक्षराम्भ लगाएत विविभ सास्कृतिक कार्यक्रम हुनेभएको छ । धादिङबेशी स्थित चिल्डे«ेन पार्क आवासिय माध्यमिक विद्यालय, एड्भान्स एकेडेमी, धादिङ बोर्डिङ लगाएत अन्य विद्यालयमा सरस्वती पुजाका दिन विविध सांस्कृतिक कार्यक्रम हुने भएको हो ।
विद्यार्थीमा भएको अन्तरनिहीत प्रतिभालाइ प्रस्फुटन गर्ने उदेश्यले आज गायन प्रतियोगिता सञ्चालन गर्न लागीएको चिल्ड्रेन पार्क आवासिय माध्यमिक विद्यालयका प्रीन्सीपल षस्ठी कुमार श्रेष्ठले जानकारी दिनुभयो । त्यसैगरि एडभान्स एकेडेमीको प्राङगणमा आज विहान ७ वजे देखि सरस्वतीको पुजा र प्ले ग्रुप अक्षराम्भ गरिने प्रिन्सिपल गोविन्द बुढाथोकीले बताउनु भयो । कार्यक्रममा राष्ट्रिय स्तरका ख्याति प्राप्त हाँस्य कलाकार राजा राजेन्द्र र लोक गायक प्रकाश कटुवालको प्रस्तुती पनि रहने छ ।
त्यसैगरी कार्यक्रममा धादिङ नाट्य समाजको पनि विशेष प्रस्तुती हुने छ भने धादिङमा प्रतिनिधि सभा र प्रदेश सभामा निर्वा्चित सदस्यहरुलाई सम्मान गरिने कार्यक्रम समेत रहेको प्रिन्सिपल बुढाथोकीले बताउनु भयो ।