नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाको नयाँ कार्य समिति निर्विरोध चयन भएको छ ।

संस्थाको ३६ औँ बार्षिक साधारण सभा तथा १२ औँ जिल्ला अधिबेशनले दुर्लभ कुमार तामाङको सभापतित्वमा १७ सदस्सीय नर्या कार्य समिति निर्विरोध चयन भएको हो ।

अधिवेशनबाट महिला उपसभापतिमा अप्सरा सिंखडा, उप–सभापतिमा धु्रव बहादुर थापा, मन्त्रीमा नेम बहादुर श्रेष्ठ, कोषाध्यक्षमा नारायण कुमार श्रेष्ठ, उप—मन्त्रीमा मिम्बा तामाङ, उप–कोषाध्यक्षमा राजन सिंखडा निर्विरोध चयन हुनुभएको छ । यसैगरी महिला सदस्यहरुमा सिर्जना पाण्डे थापा, कमला खड्का, संगिता पाण्डे विसुराल रहनुभएको छ ।

खुल्ला सदस्यहरुमा जंग बहादुर तामाङ, नकुल बहादुर कार्की, कान्छा तामाङ, राजन रेग्मी (निशान), भिमकान्त सिलवाल, राजकुमार श्रेष्ठ र पवन थपलिया चयन हुनु भएको छ ।

Facebook Comments