माघ ११ गते, धादिङ ।
आजपनि देशका केही भागमा पानी पर्ने भएको छ । पश्चिमी बायुको प्रभावले हिजो देशभर मौसम बदली पानी परेको थियो ।  आज पूर्वी क्षेत्रमा वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च हिमाली र पाहाडी क्षेत्रमा बाक्लो हिउँ परेको छ । वर्षाले भुकम्प प्रभावितहरु समस्या पारेको छ ।

गोरखाको उत्तरी भेगका गाउँहरुमा निरन्तर हिमपात हुँदा जनजीवन कस्टकर बनेको छ ।हिमपातका कारण भूकम्पप्रभावितको जनजीवन कस्टकर भएको छ । यी गाउँमा एक फिटसम्म हिउँ जमेको छ । रसुवाका उच्च हिमाली भागमा पनि हिमपात भएको छ ।

गोसाइँकुन्ड, लाङटाङ, नाकथलीलगायतका स्थानमा हिमपात हुँदा भुकम्प प्रभावितहरुलाई समस्या परेको  छ । सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा पनि हिमपात भएको छ । हिमपात भएसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको बताईएको छ ।

Facebook Comments