
असार ८। सदरमुकाम धादिङबेशीमा रहेको न्यु किबो बोर्डिङ स्कुलले बुक फ्री फ्राइडेको सुरुवात गरेको छ।
बिद्यार्थीहरुलाई हप्ताको एक दिन सिपमुलक तथा व्यावहारिक ज्ञान दिने उदेश्यले बुक फ्री फ्राइडेको सुरुवात गरिएको हो ।
एक तहप्ता दुनाटपरी गास्ने तालिम र यो हप्ता कक्षा १ देखि ४ का बिद्यार्थीहरुलाई क्ले वर्क तथा कक्षा ६ देखि १० का बिद्यार्थीरुलाई सन्देशमुलक मुभी सो को कार्यक्रम गरिएको बिद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक कपिल जम्कट्टेलले जानकारी दिनुभयो ।

निरन्तर यस्ता क्रियाकलाप गर्दै आइरहेको बिद्यालयले आगामी दिनहरुमा पनि अझै थप र उपयोगी क्रियाकलाप गर्दै जाने बिधालयका प्रधानाध्यापक प्रयास रेग्मीले बताउनु भयो ।