नेपालीहरुलाई आमाको गर्भमै ग्यास्टिक र जन्मेर ठूलो भएसी हरियो पासपोर्ट र अर्काको देशमा बिदेशिनु बाध्यता यो चलेको चलन नै भयो । सोही अनुरुप बिगत लामो समय देखि तामाङ तथा नेपाली गित संगीत क्षेत्रमा पाईला चाल्दै अगाडी बढिरहनु भएका गायक तथा सर्जक सन्दिप स्याम्चेन तामाङको शब्द रचनामा राजु स्याम्चेन तामाङ (झ्याप्ले) को नेपाली लोक पप गीत जादैछु परदेश चर्चित बनेको छ ।  केहिदिन अघि काठमाडौको धापासी स्थित द क्रन्च बर्गर हाउसमा समारोहका विच बिमोचन गरिएको गीतलाई दर्शक तथा स्रोताले निक्कै रुचाईएको पाईएको छ ।

 गीतको पुर्व आर्थिक तथा मामिला योजना मन्त्रालय सुदुरपश्चिम प्रदेश सरकार एवम कंचनपुर क्षेत्र नम्बर -१ का संघिय सासद तारा लामा तामाङको हातबाट गीतको बिमोचन भएको हो ।  गीत बिमोचन समारोहमा धादिङ जिल्ला नेकपा एकीकृत समाजबादी पार्टिका युवा संघ धादिङको अध्यक्ष एवम युवा नेता प्रदिप फ्युवा तामाङ र तामाङ म्हेन्दोमाया कलाकार संघका सस्थापक अध्यक्ष,सागर एस वाइबा, एरेन्जर राजु खड्का,निवर्तमान म्हेन्दोमाया कलाकार संघका अध्यक्ष राज किङ वाइबा,नेपाल तामाङ घेदुङ जिल्ला कार्य समिति अध्यक्ष दिपक लोप्चन तामाङ लगायत चर्चित तामाङ तथा नेपाली गित संगीत क्षेत्रका कलाकारहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित अतिथिहरुले गित र भिडियो साह्रै राम्रो बनेकोमा र प्रत्येक नेपालीहरुको मन छुने शब्द,लय र आवाज अनि अभिनय रहेकोले समय सन्दर्भिक म्युजिक भिडियो रहेको भनी शुभकामना तथा बधाई दिनु भएको थियो । भने म्युजिक भिडियो बिमोचन समारोहको अवसर पारेर एरेन्जर राजु खड्का ,बरिस्ठ निर्देशक एम बि गुरुङ, चर्चित एरेन्जर वाङ्च्यु फ्युवा र चर्चित गायक तथा रचनाकार सन्दिप स्याम्चेन तामाङ लाई सम्मान गरिएको थियो ।

उक्त म्युजिक भिडियोमा शब्द रचना -सन्दिप स्याम्चेन तामाङ,लय- हस्त तामाङ, आवाज -कलमान घिसिङ,संगीत संयोजन -वाङ्च्यु फ्युवा तामाङ,निर्देशन -एम बि गुरुङ, अभिनय-राजु स्याम्चेन तामाङ/सबिता राई र धानु तामाङ,मेकअप-बिना घले,छायांकन तथा ड्रोन-मरुभुमी नारायण,सम्पादन-रोशन धिताल बजार व्यवस्थापन Osr Digital अर्थात ओ.एस.आरले गरेको थियो ।

भिडियो हेर्नुहोस् :

Facebook Comments