धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ४ हल्दारेमा खुर्पा प्रहारबाट एकवृद्धाको हत्या भएको छ । ७२ वर्षीया सुकमाया गुरूङमाथि खुर्पा प्रहार गरि हत्या भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३६ वर्षीय मंगल गरूङ पक्राउ परेका छन् । पहिल्येदेखिको रिसिवि र बाख्राले बाली खाएको रिसमा खुर्पा प्रहार गरी हत्या गरेको आरोपितले प्रहरी समक्ष बयान दिएका छन् । आफुलाई अपशब्द बोल्ने र सँधै हेप्ने भएकोले सहनै नसकेर हत्या गरेको सोधपुछका क्रममा आरोपित मंगल गुरुङले बताएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

खुर्पा प्रहार गर्ने गुरुङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । सुकमाया आफ्नै घर नजिक सडकमा शरिरिका विभिन्न भागमा क्षेतविक्षेत गरि काटिएको अवस्थामा मृत फेला परेको सूचना पाएपछि प्रहरी घटनास्थल पुगी अनुसन्धान गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय धादिङ र प्रहरी चौकी टोड्केबाट खटिएको प्रहरीले घटनाको अनुसन्धानको क्रममा मंगलको संलग्नता रहेको खुल्न आएपछि उनलाई पक्राउ गरेको र घटनाको थप अनुसन्धान भईरहेको प्रमुख प्रहरी उपरिक्षक गौतमले बताउनुभयो ।

Facebook Comments