मृत्यु दाबीको चेक हस्तान्तरण गर्नुहुँदै शाखा प्रबन्धक राजेन्द्र श्रेष्ठ ।
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड धादिङ शाखाले बाल अमृत बीमा अन्तरगतको मृत्यु दाबी भुक्तानी गरेको छ ।
ज्वालामुखी गाउँपालिका वडा नम्बर १ की बिमला यस्माली मगर ब्लड क्यान्सर भई यहि असोज १७ गते उपचारको क्रममा निधन भएपछि छोरी रुबि यस्माली मगरको बाल अमृत बीमा अन्तरगत मृत्यु दाबी भुक्तनी दिएको नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड धादिङ शाखाका कर्मचारी सरोज अर्यालले जानकारी दिनुभयो ।
मृतक बिमलाले आफु संरक्षक रहने गरि छोरी रुबिको ३ लाखको बीमा गर्नुभएको थियो । मृत्यु दाबी भुक्तानीलाई उच्च प्राथमिकता दिंदै आएको नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले मृतक बिमलाको परिवारलाई पनि यहि मंसिर १८ गते मृत्यु दाबी रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।
शाखा प्रबन्धक राजेन्द्र श्रष्ठेल मृतकका श्रीमान गेहेन्द बहादुर यस्माली मगरलाई छोरी रूबि यस्मालिको नामको ३ लाखको चेक हस्तान्तरण गर्न‘भएको हो । साथै छोरीले बिमा अबधी पुरा हुन ठिक २ बर्ष अगाडि बिमांक रकमको २५ प्रतिशत, बिमा अबधी पुरा हुन ठिक १ बर्ष अगाडी बिमांक रकमको २५ प्रतिशत साथै बिमा अबधी पूरा भएपछी बिमांक रकमको ५० प्रतिशत र पूरा अबधिको बोनस सहित एकमुष्ट पाउने छ । बीमा अवधीभर अब बिमा शुल्क पनि तिर्नु नपर्ने नेशन लाईफ ईन्स्यारेन्स धादिङ शाखाका कर्मचारी अर्यालले बताउनुभयो ।