अष्ट्रेलियाले विद्यार्थी भिषा र कम अनुभवी कामदार भिषामा कडाई गरेको छ । सोमबार भिष कडाई गरिएको प्रसिद्ध समाचार एजेन्सी रोटर्सले जनाएको छ । जसका कारण आगामी २ वर्षका लागि प्रवाशी कामदार र विद्यार्थी अष्ट्रेलिया प्रवेशमा कडाई हुनेछ । यसअघि भत्किएको प्रवाशन प्रणाली सुधारको नाममा अष्ट्रेलियाले यो कदम चालेको हो ।

नयाँ निति अनुसार प्रवासी विद्यार्थीले अब अंग्रेजी परिक्षामा उच्च अंक ल्याउनुपर्ने हुन्छ । त्यसमा पनि एक विद्यार्थी भिषामा कडा अनुसन्धान हुने अष्ट्रेलियाले जनाएको छ ।

गृह मन्त्री क्लेयर ओनिलले भनेका छन्,‘हाम्रो रणनीतिले प्रवासीको संख्यालाई सामान्य रुपमा ल्याउने छ । यद्धपी यो संख्याको बारेमा मात्रै होइन अष्ट्रेलियाको भविष्यको विषय पनि छ ।’
प्रधानमन्त्ती एन्थोनी अल्बानिजले गत हप्ता अष्ट्रेलियाको प्रवाशन संख्या कटौती गर्ने र टिकाउ स्तरमा पुर्याउने बताएक थिए । उनले भनेका थिए,‘प्रणाली टुटेको छ ।

ओनिलका अनुसार सरकारले प्रवाशन संख्या घटाउने लक्ष यसअघि नै राखेको हो । यो नितिका कारण छिटै प्रवाशन संख्यामा गिरावट आउने लक्ष लिएको छ ।

यो निर्णय त्यतिबेला आएको छ । जतिबेला आप्रवाशीको संख्या बढेर ५ लाख १० हजार रहेको छ । यो संख्या २०२२ र २३ को हो । आधिकारीक आंकडाका अनुसार २०२४–२५ देखि २०२५–२६ सम्म घटेर एक चौथाई मिलियनमा पुग्ने छ । यो कोरोना अघिको लेभल हो । ओनिलका अनुसार २०२२–२३ मा आप्रवासी बढ्नुको प्रमुख कारण भनेकै विद्यार्थी हुन् ।

अष्ट्रेलियाका लागि अन्तर्राष्ट्रिय विद्यार्थी पठाउने कार्यमा संलग्न आइडिपी एजुकेशनको कारोबार नै ३ प्रतिशतमा सिमित भएको छ ।

अष्ट्रेलियाले पछिल्लो वर्ष आफ्नो वार्षिक प्रवाशन संख्यालाई बढाएको थियो । किनकी आफ्नो व्यावसाय र कर्मचरीको कमी पुरा गर्न सकियोस् । कोरोना महामारीका कारण सिमा बन्द थियो । लगभग २ वर्षसम्म विदेशी विद्यार्थी र श्रमिकलाई भित्र्याउन पाएको थिएन ।

कोरोना महामारीपछि विदेशी श्रमिक र विद्यार्थीको आगमनले अष्ट्रेलियाको स्थिर आर्थिक प्रणाली नै ध्वस्त हुन पुगेको उल्लेख छ । बजारमा दबाव बढेको थियो । साथै देशमा बेघरको संख्या बढेको थियो ।

सोमबार सिड्नी मर्निङ हेराल्ड अखबारले गरेको सर्वेक्षण अनुसार ६२ प्रतिशत मतदाताले देशमा आप्रवासीको संख्या बढेको बताएका थिए ।

रोयटर्सका अनुसार अत्याधिक कुशल श्रमिकका लागि भने एक हप्ता भित्र नयाँ विशेषज्ञ भिषा स्थापित गर्ने अष्ट्रेलियाले जनाएको छ । मुलुकको आर्थिक विकासका लागि महत्वपूर्ण हुने आप्रवासीका लागि मात्रै भिषा आवेदन खुलाउने उसले जनाएको छ ।

Facebook Comments