धादिङ अस्पताल एक सय शैयाको बनाईने बागमती प्रदेशका मुख्यमनत्री शालिकराम जम्कट्टेलले बताउनुभएको छ ।

अहिले भईरहेको ५० शैयालाई थप गरेर एक सय शैयाको अस्पताल बनाईने मुख्मन्त्री जम्कट्टेलले बताउनुभएको हो । धादिङसँगै त्रिशुली, सिन्धुली लगायतका अस्पताललाई पनि एकसय शैया बनाईने उहाँले बताउनुभयो । धादिङ अस्पतालको ४७ औं वार्षिक उत्सवलाई आज सम्बोधन गर्दै मुख्य मन्त्री जम्कट्टेलले यस्तो बताउनुभएको हो ।

एक सय शैयाको बनाउँदा प्रदेशलाई पर्ने आर्थिक भारहरु सबैलाई मध्यनजर गरेर धादिङ अस्पताललाई एक सय शैयाको बनाउने निर्णय गरिएको पनि मुख्यमन्त्री जम्कट्टेलको भनाई थियो । पौष ३ गते क्याबिनेटको बैठक बस्ने र त्यस पछि एक सय शैयाको तत्कालै प्रक्रिया अघि बढ्ने उहाँले बताउनुभयो ।

पहिलेको भन्दा धादिङ अस्पतालको स्तरउन्नती आकास पातलको फरक भएको पनि उहाँको दाबी थियो। सिमित श्रोत साधनमा पनि गुणस्तरिय सेवा प्रदान गरेकोमा स्वास्थ्यकर्मी लगायत अस्पताल प्रशासनलाई धन्यवाद दिनुभयो ।

व्यवस्थापकिय पक्षमा गर्नुपर्ने सहयोग बागमती प्रदेश सरकार सदैव तयार रहेको पनि बताउनुभयो । यस्तै विकास निर्माण र सिंगो देशको विकासको लागि संघिय संरचना आवश्यक रहेको बताउनुभयो । पछिल्लो समय बजारमा संघिय व्यवस्थाको विषयमा नकरात्मक हल्लाहरु बाहिर आएको बताउनुभयो ।

प्रदेशले के ग¥यो?यो व्यवस्थाले के ग¥यो भन्नेहरुलाई यहि संघिय संरचनाले गरेकोविकासले जवाफ दिएकोे बताउनुभयो । संघिय शासन प्रणाली नभएको भए धादिङ अस्पताल लगायत अन्य विकासका कामहरु यतिचाडो सम्भव नभएको उहाँको भनाई थियो ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले कुनै पनि बिरामीहरु पैसाको अभावमा वञ्चित हुन नहुने बताउनुभयो । मुख्यमन्त्री जनतासँग कार्यक्रमको लागि प्रदेश सरकारले ३२ लाख खर्च गरेकोले अस्पतालबाट प्रदान गर्ने सेवा सुविधा सबै प्रदान गर्न अस्पताल प्रशासनसँग आग्रह गर्नुभयो ।

Facebook Comments