राष्ट्रिय फाेटाे पत्रकार समुह बागमती प्रदेश अध्यक्षमा पुनःनारायण सिलवाल दोहोरिनु भएको छ।
सल्यानटारमा बुधबार भएको राष्ट्रिय फोटो पत्रकार समुह बागमती प्रदेशकाे दाेश्राे अधिवेशनले सिलवालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
जसको उपाध्यक्षमा राजेन्द्र गजुरेल (नुवाकाेट), सचिव कुमार श्रेष्ठ (रामेछाप), सह-सचिव केरिना शाक्य (नुवाकोट), काेषाध्यक्ष धर्मेन्द्र दाहाल (मकवानपुर), सदस्यहरु, राज लाेहनी (रामेछाप), सन्ताेष श्रेष्ठ (धादिङ) ,हाेमनाथ सापकाेटा (चितवन) ,अनु परियार (सिन्धुली) र उद्वव श्रेष्ठ (सिन्धुली) रहनुभएको छ।











