
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्यालले धादिङमा पहिलोपटक सार्वजनिक सुनुवाइ गर्नुहुने भएको छ। सार्वजनिक सुनुवाइ पुस १३ गते दिउँसो साढे १२ बजे जिल्ला समन्वय समितिको हलमा हुने बताईएको छ ।
कार्यक्रममा जिल्लास्थित सबै सरकारी निकायको प्रतिनिधित्व रहनेछ। सेवाग्राहीले विकास निर्माणदेखि स्वास्थ्य, शिक्षा, शान्ति सुरक्षालगायतका विषयमा आफ्ना चासो, गुनासा, प्रश्न र सुझावहरू एकै ठाउँबाट प्रत्यक्ष राख्न पाउनेछन् ।
साथै नागरिकले सोधेका प्रश्नहरूको सांसद अर्यालसँगै सरोकारवाला निकायका प्रतिनिधिहरूले जबाफ दिनेछन् ।
सांसद अर्यालका स्वकीय सचिव केशव रानाका अनुसार सार्वजनिक सुनुवाइको तयारी तीव्र पारिएको छ। उहांले जनप्रतिनिधि सबैको साझा हुने भएकाले सो कार्यक्रममा कुनै पनि दलसँग सम्बन्धित झण्डा, चिह्न वा संकेत प्रयोग नहुने जानकारी दिनुभयो ।