
हाम्रो सँस्कृति, हाम्रो परम्परा, हाम्रो पहिचान भन्ने नाराका साथ धादिङका नेवार समुदायले य:मरी पुन्ही मनाएको छ ।
आफ्नो सँस्कृतिलाई जगेर्ना गर्ने उद्धेश्यले य:मरी पुन्हीको अवसरमा य:मरी बनाउन सिकाईएको थियो । ‘यः’ को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो । यस पर्वमा खाद्य पदार्थको रसिलो चाडका साथै नयाँ धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर यःमरी बनाउने गरिन्छ ।
यो पर्वलाई नेवार समुदायले नव अन्नप्राशनका रूपमा समेत मनाउने गरेको झीगु नेवा नेवा समाज धादिङका निवर्तमान अध्यक्ष गोविन्द कुमार श्रेष्ठले बताउनुभयो । यस्तै आजै मंगलबार सम्पन्न भएको अधिवेशनबाट झिंगु नेवा समाज धादिङको अध्यक्षमा राजकुमार श्रेष्ठ चयन हुनुभएको छ ।
समितिको उपाध्यक्षमा हरि कुमार श्रेष्ठ, सचिवमा सन्तोष श्रेष्ठ, कोषाध्यक्षमा विनोद कुमार श्रेष्ठ र सह–सचिवमा लिला बहादुर श्रेष्ठ चयन हुनुभएको छ ।