रूस–युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ ।

स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरबहादुर शाह र धादिङका राजकुमार गिरीको मृत्यु भएको जानकारी आएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिनुभयो ।

स्याङ्जाका अर्याल वालिङ नगरपालिका वडा नम्बर १४ का हुनुुहन्छ । पूर्व सैनिक समेत रहेका उहाँ गत कात्तिक ३ गते मात्रै रूस जानुभएको थियो । अनौपचारिक माध्यमबाट यसअघि नै अर्यालको मृत्युको खबर आए पनि सरकारी संयन्त्रले अहिले त्यसको पुष्टि गरेको उहाँको भनाइ छ ।

Facebook Comments