२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

रवि लामिछानेको कान्तिपुर पब्लिकेशनविरुद्ध मुद्दा दर्ता


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) का सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेशनविरुद्ध मुद्दा दर्ता गराउनुभएको छ ।

आज आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले गाली बेइज्जती गरेको भन्दै कान्तिपुरविरुद्ध मुद्दा दर्ता गरेको बताउनुभयो । आजै काठमाडौँ जिल्ला अदालतमा सो मुद्दा दर्ता भएको छ ।

कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया प्रबन्ध निर्देशक सम्भव सिरोहिया, कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानलगायतलाई प्रतिवादी बनाइएको रिट निवेदनमा लामिछानेले आफ्नो इज्जत, प्रतिष्ठा, राजनीतिक जीवनमा समेत गम्भीर असर पु¥याउने कुशित मनसाय राखेर जानुबुझी चरित्र हत्या गरेको उल्लेख गर्नुभएको छ ।

कान्तिपुर र इकान्तिपुरमार्फत आफूलाई जोडेर प्रकाशित समाचारबाट आफू र आफ्नो परिवारको इज्जत प्रतिष्ठा र राजनीतिमा समेत हानी नोक्सानी भएकाले प्रतिवादीहरुबाट कानुनअनुसार सांकेतिकरुपमा एक सय ५१ रुपैयाँ क्षतिपूर्ति दिलाउन उहाँको माग छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।