आज नर्सिङ दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नर्सहरूको पेसागत हकहित र सुरक्षाका लागि २०१८ साल माघ १५ गते नेपाल नर्सिङ सङ्घको स्थापना भएको थियो ।

नर्सिङ सङ्घको स्थापनाको दिन पारेर हरेक वर्ष माघ १५ गते नेपाल नर्सिङ दिवस मनाइँदै आइएको छ । आजको दिन यो क्षेत्रसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले कार्यक्रम गर्दै आएका छन् । अन्तर्राष्ट्रिय नर्सिङ दिवस भने फ्लोरेन्स नाइटिङ्गेलको जन्मोत्सवको दिन मे १२ मा मनाउने गरिन्छ ।

नेपालमा बर्सेनि हजारौँको सङ्ख्यामा नर्सहरू उत्पादन हुनेगरे पनि यसको व्यवस्थापन हुन सकेको छैन ।

 

Facebook Comments