धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने मुल नाराका साथ माघ १० गतेदेखि सुरु भएको नवौँ धादिङ महोत्सव सकिएको छ ।
धादिङ उद्योग वाणिज्य संघको आयोजना गजुरी गाउँपालिकाको संरक्षकमा विभिन्न संघ संस्थाको सहयोगमा धादिङ महोत्सव सञ्चालन भएको हो ।
महोत्सवको प्रतिनिधिसभा सदस्य रामनाथ अधिकारीले आईतबार समापन गर्नुभएको हो । महोत्सव अवधिभर ५० हजार दर्शकहरुले महोत्सव अवलोकन गरेको आयोजकले जनाएको छ ।











