धादिङबेसीमा बस्ने गुरुङ समुदायको व्यक्ती तथा संस्थामा आवद्ध प्रमुख तथा प्रतिनिधिहरुलाई सहभागीमा शुभकामना आदन प्रदान गरि माँङी पर्व मनाएका हुन् ।

तमुस्यो ह्युला छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद जिल्ला कार्य समिति धादिङकी अध्यक्ष जमुना तमुस्योको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा तमुस्यो ह्युला छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषदका केन्द्रिय सदस्य सिता तमुस्योको प्रमुख आतिथ्य तथा धादिङबसी तमु समाजका अध्यक्ष हिराबहादुर गुरुङको विषेश आतिथ्य रहेको थियो ।

माँङी पर्वमा दाजुभाई र दिदिवहिनि विचको सम्बन्धलाई मजवुत बनाउने र दिदिवहिनिले आफ्नो दाजुभाईको सुस्वास्थ्य र दिर्घायुको कामना गरि मनाईने तमुस्यो ह्युला छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद् जिल्ला कार्य समिति धादिङका अध्यक्ष जमुना तमुस्योले बताउनुभयो । यस्ता पर्वहरुले गुरुङहरुको एकतालाई थप मद्दत पुग्ने भएकाले आगामी दिनमा पनि निरन्तरता दिईने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

माँङी त्हीं मनाउनु भन्दा चार दिन अगाडि देखि (एकादशी देखि चतुर्दशी सम्म) दाजुभाईले दिदीबहिनी बोलाएर खुवाउने पिलाउने वा दिदीबहिनीहरुले पनि दाजुभाईहरुलाई बोलाएर खुवाउने पिलाउने गर्दछन् । दाजुभाई, दिदीबहिनी बीच एक आपसमा दीर्घायूको कामना गर्दछन् ।

अन्तिम दिन अर्थात् पाँचौ दिन (माघे औंसीको दिन) सम्पूर्ण (दाजुभाइ, दिदीबहिनी) गुरुङहरु क्होईबो (गुम्बा) मा जम्मा भई सामूहिक रुपमा माँङी त्हीं मनाउँदछन् । बिहानै माँङी (सात कन्या) को पूजा अर्चना गरी आफ्ना दाजुभाइबिच रुपा स्याई स्याई गरी दिदीबहिनीमा पनि रुपा स्याई स्याई गरेर पुजा सम्पन्न गर्दछन् र दिउँसो माँङी सम्बन्धी प्रवचन गर्दछन् ।

सो दिन महिलाहरुले विशेष व्यञ्जन तयार पारी आफ्ना दाजुभाइलाई खुलाउने पिलाउने गर्दछन् र साँझ परेपछि दीपावली गरी रातभरि मीठा–मीठा व्यञ्जनका साथ अति रमणीय वातावरणमा रात बिताइ भोलिपल्ट परम्परागत मान्यताअनुसार दाजुभाई, दिदीबहिनीहरुको बिदाई हुन्छ र माँङी पर्व पनि त्यस बर्षका लागि सकिन्छ ।

ल्होसार सम्पूर्ण गुरुङहरुको नयाँ बर्षको रुपमा हो भने माँङी गुरुङहरुका लागि एउटा महत्वपूर्ण दिन र गुरुङको पवित्र पर्व हो । हिन्दुहरुले तीज र तिहार पर्व मनाउँछन्, त्यस्तै गुरुङहरुको माँङी त्हींं हो ।

 

 

Facebook Comments