मिर्मिरे लघुवित्त बित्तिय संस्था लिमिटेड शाखा कार्यालय पशुपतीडाँडा धादिङले बीमा दाबी रकम भुक्तानी गरेको छ । बिमाङ्क तथा किरिया खर्च गरेर ३ लाख २५ हजार मृत्यु दाबी रकम भुक्तानी गरेको शाखा प्रमुख ईन्द्र साउदले जानकारी दिनुभयो ।

 सिद्धलेक गाउँपालिका वडा नम्बर २ झगरे मिर्मिरे महिला समुहको २३ नम्बर केन्द्रमा आवद्ध सदस्य सीता नेपालीको मृत्यु पश्चात कर्जाको म्यादी जिवन बीमा बापतको रकम मृतकका श्रीमान सन्तोष नेपालीलाई दाबी रकम बराबरको चेक हस्तान्तरण गरिएको हो ।

आज शुक्रबार एक कार्यक्रमका विच सिद्धलेक गाउँपालिका वडा नम्बर २ की वडा सदस्य सर्मिला बस्नेत बराल र शाखा प्रमुख इन्द्र साउदले संयुक्त रुपमा चेक हस्तान्तरण गर्नुभएको हो । चेक हस्तान्तरण कार्यक्रममा केन्द्र न.२३ की केन्द्रप्रमुख गीता भट्ट ईटनी, स्थानिय लगायत केन्द्रका सदस्यहरुको उपस्थिती रहेको थियो ।

नेपाल राष्ट्र बैंकबाट स्विकृत प्राप्त मिर्मिरे लघुवित्त वित्तिय सस्थाले आई.एम.ई लाईफ ईन्स्योरेन्स कम्पनीसंग सदस्यको म्यादी जीबन बिमामा सहकार्य गरेको छ । काभ्रेको बनेपा स्थित केन्द्रिय कार्यालय रहेको मिर्मिरे लुघुवित्त वित्तिय संस्थाले कृषि तथा पशुपालन, वैदेशिक रोजगार, शैक्षिक कर्जा लगायतका शिर्षकमा कर्जा प्रवाह गर्ने गरेको छ । ६१ जिल्लाहरुमा १ सय ५० वटा शाखा संजाल मार्फत लघुवित्त सेवा प्रवाह गरिरहेको संस्थाले जनाएको छ ।

Facebook Comments