२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको थप पूर्वाधार निर्माणका लागि टेण्डर आह्वान

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको थप पूर्वाधार निर्माणका लागि टेण्डर आह्वान

चितवनको भरतपुरमा धुर्मुस सुन्तली फाण्डेशनले निर्माण थालेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको थप पूर्वाधार निर्माणका लागि टेण्डर आह्वान भएको छ । बजेट अभावले निर्माण रोकिएको रङ्गशालाकाे पुनर्निर्माणको लागि ३० दिनको म्याद राखेर एक अर्ब १० करोड रुपैयाँको ठेक्का आह्वान भएको हो ।

यसअघि रङ्गशाला प्रकृतिको काम गरेको निर्माण कम्पनीलाई प्राथमिकता दिइने भरतपुर महानगरपालिकाले जनाएको छ । रङ्गशाला निर्माणको लागि छनौट भएको कम्पनीले साढे २ वर्षभित्र रङ्गशाला बनाइसक्नु पर्नेछ । टेण्डर भएको मितिले ३० महिनामा काम पूरा गरिसक्नुपर्ने भनिएको छ ।

धुर्मुस सुन्तली फाण्डेशनले बजेट अभाव भएपछि काम रोकेको थियो । सङ्घीय सरकारले रङ्गशाला निर्माणमा सहयोग गर्ने भएपछि आयोजनाको काम अघि बढेको हो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।