२०८३ कार्तिक १५, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नेपाल वाफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश

नेपाल वाफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश

नेपाल वाफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । हिजो लेबनानलाई २–१ गोल अन्तरले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो । साउदी अरेबियामा जारी प्रतियोगितामा हिजो पहिलो हाफमा १–० ले पछि परेको अवस्था उल्ट्याउँदै नेपालले इन्ज्युरी समयमा प्रिती राईको गोलमा २–१ को पुनरागमन जित दर्ता गरेको हो ।

खेल १–१ को बराबरीमा रहेको अवस्थामा नेपालले इन्ज्युरी समयमा कर्नर किक पाएको थियो । त्यसअघि खेलको ७६ औँ मिनेटमा सावित्रा भण्डारीले साम्बाले गोल गरेकी हुन् । पहिलो हाफको ३८औँ मिनेटमै लेबनानको गोल भएको थियो । नेपालले अब भोलि उपाधिका लागि जोर्डनसँग खेल्नेछ ।

जोर्डनले पहिलो सेमिफाइनलमा प्यालेस्टाइनलाई ५–० को जित निकाल्दै फाइनल प्रवेश गरेको हो । जोर्डन साविक विजेतासँगै प्रतियोगिताको ५ पटकको विजेता हो । नेपालले समूह चरणमा तीन वटै खेलमा जित दर्ता गर्दै समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको थियो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।