दोस्रो टी-२० सिरिजमा आयरल्यान्ड ए सँग नेपाल ए ४० रनले पराजित भएको छ । योसँगै तीन खेलको सिरिज आयरल्यान्ड ए ले एक खेल अगावै जितेको छ । मध्यक्रम र तल्लोक्रमका ब्याटर चल्न नसक्दा नेपाल पराजित भएको हो ।
२२५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १७.५ ओभरमा १८४ रनमा अल आउट भयो । नेपाललाई ओपनर लोकेश बम र देव खनालले ३.१ ओभरमा ४७ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।
लोकेश १३ बलमा ३ चौका र २ छक्कासहित २५ रनमा क्याच आउट भए । पहिलो खेलमा लोकेशले १०६ रन बनाएका थिए ।