असोज १६
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको असन्तुष्टिका विषयमा पार्टी अध्यक्ष प्रचण्डले आज छलफल गर्दैहुनुहुन्छ । उच्चतहका नेताहरूसँग बसेर पार्टीभित्र विवादका विषयमा छलफल गर्ने उहाँको सचिवालयले जनाएको छ ।

पत्नी सीताको उपचाका लागि सिंगापुर जानु भएका प्रचण्ड सोमबार साँझ स्वदेश फर्किनु भएको छ । पार्टीभित्रको असन्तुष्टिका विषयमा अध्यक्ष प्रचण्डले सिंगापुरबाटै माधव नेपालसँग टेलिफोनमा
कुराकानी गर्नु भएको थियो ।

वरिष्ठ नेता नेपाल भने तीनदिने कार्यक्रमको सिलसिलामा सोमबार नै चीन जानु भएको छ ।  चीनको हेनान प्रान्तमा थ्री–गर्जेज युनिभर्सिटीको दीक्षान्त समारोहमा भाग लिएर नेपाल विहिबार स्वदेश फर्किने कार्यक्रम रहेको छ । राष्ट्रसंघको महासभामा भाग लिनु अमेरिका जानु भएका प्रधानन्त्री केपी शर्मा ओली पनि विहिबार नै फर्किने कार्यक्रम रहेको छ ।

Facebook Comments