Rohit Kumar Paudel (C) of Nepal during the ACC Men’s Premier Cup 2024 Group A match between Nepal and Malaysia held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 12, 2024.
Photo by: Anshuman Akash / Creimas / Asian Cricket Council
RESTRICTED TO EDITORIAL USE

लगातार दुई खेल जितेको नेपालले एसीसी प्रिमियर कप क्रिकेटमा आज हङकङसँग खेल्दैछ । ओमानको अल अमिरातमा हुने खेल बिहान पौने १२ बजे शुरु हुनेछ । दुई खेलमा दुवै खेल जितेको नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा छ । दुईमध्ये एक खेल जितेको हङकङ चौथो नम्बरमा छ ।

एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् । त्यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ ।

आज समूह ‘ए’ कै मलेसिया र कतार पनि बिहान पौने १२ बजे नै खेल्दैछन् । त्यस्तै आजै समूह बी अन्तर्गत ओमान् र यूएई तथा बहराइन र कुवेत खेल्दैछन् । दुवै खेल बेलुका पौने ५ बजे शुरु हुनेछ ।

यसैबीच एसीसी प्रिमियर कप अन्तर्गत हिजो भएको खेलमा घरेलु टोली ओमानले कम्बोडियालाई ६३ रनले हराएको छ ।  हिजै भएको अर्को खेलमा साउदी अरबियाले हङकङलाई ५५ रनले हरायो ।

Facebook Comments