असोज २५, धादिङ ।

बेनिघाट रोराङ गाउपालिका वडा नम्बर २ ब्रुस्बाङका चेपाङ समुदायका लागी खाद्द्यान्न बितरण तथा १२ वर्ष मुनिका बाल बालिकाहरुको लागी लत्ता कपडा बितरण गरिएको छ ।

बेनिघाट रोराङ गाउपालिका र शान्ती नेपालको समन्वयमा सुकुमाया फाउन्डेशनले ब्रुस्बाङका ३५ घरधुरी चेपाङ समुदायलाइ खाद्द्यन्न बितरण गरिएको हो । सुकुमाया फाउन्डेशनका अध्यक्ष सुकुमाया मोक्तानको अध्यक्षतामा भएको खाद्दयान्न बितरण तथा लत्ता कपडा सहयोग कार्यक्रममा बेनिघाट रोराङ गाउपालिका वडा नम्बर दुइ का अध्यक्ष टङ्क बहाफुर थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

यसै गरी काभ्रे जिल्लाको रोशी गाउपालिका वडा नम्बर ८ का सदस्य एबम गायक बिजय थोकरको आतिथ्यता रहेको थियो भने सुकुमाया फाउन्डेशनका सची पुस्पा खडका थापाले कार्यक्रम सन्चालन गर्नु भएको थियो । दशैको अबसरमा सुक्माया फाउन्डेशनले ब्रुस्बाङका अति बिपन्न चेपाङ समुदायका लागी खाद्द्यान्न बितरण गर्नुभएको हो । यसै गरी१२ बर्स मुनिका बालबालिकाहरुको लागी न्यानो कपडा पनि बितरण गरिएको हो ।

Facebook Comments