
कात्तिक ४ ।
विजया दशमीको तेस्रो दिन आज आईतबार पनि दशैको टीका जमारा थाप्न जानेहरुको चलहपहल बिहानै देखि सुरुभएको छ । विजया दशमीको दिन टिका थाप्न नभ्याएकाहरुले आज पनि आफ्ना मान्यजनको हातबाट टिका थाप्न जाने परम्परा रहेको छ । दशैमा आफन्त तथा मान्यजनबाट टीका र जमारा कोजाग्रत पुर्णीमा सम्म लगाउने चलन छ ।
हिन्दुहरुको मान्यतामा असत्यमाथि सत्य को विजय उत्सवको अवसरमा र आसुरी शक्तिमाथि दैवी शक्त्तिको विजयको खुसीयालीमा यो दशै मनाइन्छ । दशैमा मध्य पश्चिम र सुदुर पश्चिमका केही जिल्लामा भने दशमीको दिनमा मात्रै टिका थाप्ने चलन रहेको पनि राजधानी लगायतका अन्य स्थानमा भने कोजाग्रत पुर्णिमा सँम्म मनाइने चलन छ ।