कात्तिक ५, धादिङ ।
धादिङको वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ रिचोकटार स्थित एक घरमा चोरी भएको छ । स्थानिय दिनेश परियारको घरमा आज सोमबार राती चोरी भएको हो । परियारको घरबाट नगद सात हजार चोरी भएको प्रहरीले जनाएको छ ।

साथै घरमा भएको नागरिकता लालपुर्जा लगायत आवश्यकीय कागजपत्रहरु च्यातेर नष्ट पारिदिनुका साथै एलसिडि टिभि घरबाट निकालेर फुटाईदिएको घटनास्थलमा पुग्नु भएका संञ्चारकर्मी अमृत सापकोटाले जानाकारी दिनुभयो । व्यक्तीगत रिसिभिका कारण यस्तो गरेको हुन सक्ने प्रहरीले प्रारम्भीक अनुमान गरेको छ ।

Facebook Comments