कात्तिक ८,धादिङ ।
नेपाल कम्युनिष्ट पार्टि (नेकपा) धादिङले शुक्रबार शुभकामना आदन–प्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्दैछ ।

बडादशैं, शुभ–दिपावली, छठ, नेपाल संवत, ल्होसार लगायतका राष्ट्रिय पर्वहरुको अवसर पारेर कार्यक्रम गर्न लागेको हो । दुई कम्यूनिष्ट पार्टिहरु विच पार्टि एकता पश्चात हुन लागेको यो पहिलो जिल्ला स्तरिय शुभकामना आदान–प्रदान कार्यक्रम भएको नेकपाका जिल्ला नेता नेत्र पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेश सभाका मन्त्री, प्रतिनिधि तथा प्रदेश सभाका सांसदहरुको उपस्थिति रहने कार्यक्रममा जिल्लाका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई उपस्थितिको लागि अनुरोध गरिएको छ । साथै जिल्लामा रहेका विभिन्न सरकारी कार्यालय, गैर सरकारी संघ संस्था, शिक्षक, वुद्धिजिवि, समाजसेवीहरुलाई पनि उपस्थितिको लागि नेकपा धादिङले आग्रह गरेको छ ।
कार्यक्रम कात्तिक ९ गते शुक्रबार विहान ११ बजेदेखी मदन आश्रित स्मृति भवन पुछारबजार धादिङवेशींमा हुँदैछ ।

Facebook Comments