२०८३ कार्तिक २९, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

मैदानमा लडेका रोबोटलाई मानिसले स्ट्रेचरमा बोकेपछि....

मैदानमा लडेका रोबोटलाई मानिसले स्ट्रेचरमा बोकेपछि....

दौडिँदा–दौडिँदै एकाएक सन्तुलन गुमाएर बजारिएपछि घाइते खेलाडी सरह स्ट्रेचरमा बोकिएका रोबोटका अनौठा दृश्यहरूले अहिले विश्वकै ध्यान तानेका छन् ।

चीनको बेइजिङमा रहेको नेशनल स्पिड स्केटिङ ओभलमा सम्पन्न ‘वल्र्ड ह्युमनोइड रोबोट गेम्स २०२६’ मा मानिसझैँ देखिने र सोच्ने एआई रोबोटहरू प्रतिस्पर्धा गर्दा यस्ता रोचक दृश्य देखिएका हुन् ।

मानिसको नियन्त्रणबिनै पूर्ण स्वायत्त रूपमा खेलिएका प्रतिस्पर्धामा १०० मिटर दौडिसकेपछि रोबोटहरू सुरक्षा पर्खालमा ठोक्किएर ढलेपछि प्राविधिक टोलीले तिनलाई स्ट्रेचरमा हालेर मैदानबाहिर लगेका थिए ।

यस्तो दृष्य फुटवालमा पनि देखियो । यस प्रतियोगिताको मुख्य आकर्षण १०० मिटरको कउचष्लत दौड रह्यो । चीनको बेइजिङ ह्युमनोइड रोबोट इनोभेसन सेन्टरले बनाएको ’तियानगोङ अल्ट्रा’ नामक रोबोटले १०० मिटर दूरी ९ दशमलव ३९ सेकेन्डमा पार गर्दै महान् धावक उसेन बोल्टको ९ दशमलव ५८ सेकेन्डको मानव विश्वकीर्तिमान तोड्दै स्वर्ण पदक जितेको छ ।

त्यस्तै, रोबोटबीचको फुटबल प्रतियोगिताको उपाधि तसिङ्हून विश्वविद्यालय र शन्हाई टोली ले जितेका छन् । ५ दिनसम्म चलेको दोस्रो संस्करणको खेलकुद प्रतियोगितामा १६ देशका ६६६ टोलीका २ हजार ५६ भन्दा बढी रोबोटहरूले कुल ५१ वटा प्रतिस्पर्धामा भाग लिएका थिए ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।