२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

राष्ट्रिय परिचय पत्र वितरण शुरु

राष्ट्रिय परिचय पत्र वितरण शुरु
सेयर गर्नुहोस्
०सेयर

मंसिर ३ ।

सरकारले आजदेखी राष्ट्रिय परिचय पत्र वितरण शुरु गरेको छ । गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचय पत्र पञ्जिकरण विभागले पूर्वी पहाडी जिल्ला पाँचथरवाट परिचय पत्र वितरण सुरु गरेको हो ।

गृहमन्त्री रामवहादुर थापाले र पाँचथरका ज्येष्ठ नागरिक १ सय २ वर्षका भगवतीदेवी भण्डारीलाई परिचय पत्र दिंदै वितरणको शुभारम्भ गर्नुभएको हो । पञ्जिकरण विभागले हालसम्म राष्ट्रिय परिचय पत्रका लागि पाँचथरका ५२ हजार सर्वसाधारण र सिंहदरवारमा कार्यरत ३ हजार ५ सय कर्मचारीको विवरण संकलन गरि सकेको छ । विवरण संकलन सँगै परिचय पत्र छपाइ पनि सकिएकाले अव परिचय पत्र वितरण निरन्तर जारी रहने छ ।

पहिलो पटक पाँचथरका १ लाख १० हजार नागरिक सहित सिंहदरवारमा कार्यरत ७ हजार कर्मचारी गरी कुल १ लाख १७ हजारलाई पाइलटिङका रुपमा परिचय पत्र वितरण गर्ने सरकारी निर्णय अनुसार परिचय पत्र वितरण थालिएको राष्ट्रिय परिचय पत्र पञ्जिकरण विभागका महानिर्देशक दिपक काफ्लेले बताउनुभयो । चालु आर्थिक वर्षमा थप १५ जिल्लामा परिचय पत्र वितरण गरिने विभागका महानिर्देशक काफ्लेले बताउनुभयो । पञ्जिकरण विभागले ३ वर्षभित्र सबै नागरिकका हात–हातमा राष्ट्रिय परिचय पत्र र्पुयाउने लक्ष्य लिएर अगाडी बढेको उहाँको दावी छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।