२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

संकटाको शतप्रतिशत नतिजा कायमै, आर्मीले पुलिसलाई हरायो

संकटाको शतप्रतिशत नतिजा कायमै, आर्मीले पुलिसलाई हरायो
सेयर गर्नुहोस्
०सेयर

मंसिर ७ ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शुक्रबार भएको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब विजयी भएको छ । बिग्रेड व्बाईजले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–१ गोल अन्तरगतले पराजित गरेको हो ।

जितसहित ब्रिगेडले महत्वपूर्ण ३ अंक हासिल गरेको छ । यस्तै त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले हराएको छ । शुक्रबार भएको खेलको ३०औं मिनेटमा टेकबहादुर बुढाथोकीले गरेको गोल नै आर्मीलाई जिताउन निर्णायक गोल बनेको हो । यसैविच संकटा क्लबले शतप्रतिशत नतिजालाई कायमै राखेको छ ।

लगातार तेस्रो खेलमा जित हासिल गर्दैै संकटा मनाङ–मर्यास्ङ्दीसँगै शतप्रतिशत नतिजा निकाल्ने टिममा गनिएको हो । तेस्रो खेलमा संकटाले शुक्रबार मच्छिन्द्र क्लबलाई २–० ले हरायो । संकटाले दुवै गोल मध्यान्तरपछि गरेको हो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।