दैलेख — ठाँटीकाँध गाउँपालिकामा बुधबार जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । सुर्खेतबाट ठाँटीकाँध गाउँपालिका–३ बहाँकोट जाँदै गरेको भे १ च २२०७ नम्बरको जिप बिहान ८ बजे धामीगाउँ नजिक दुर्घटनामा परेको हो ।
दुर्घटनामा ठाँटिकाँध गाउँपालिका १ का निर्मल बम, ३ का राजेन्द्रबहादुर शाही, ४ का रत्ना शाही, चालक रमेश शाही, दिलीप शाही र शमशेर बमको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले बताए।
उनकाअनुसार घाइते हुनेमा वडा नं ४ की मनसरा शाही, जुद्ध सुजीलाई उपचारका लागि क्षेत्रीय अस्पताल सुर्खेत पठाइएको छ। घाइतेहरुको अवस्था चिन्ताजनक रहेकोप्रमुख जिल्लाअधिकारी बाँस्कोटाले बताए।
दुर्घटनाको कारण खुलेको छैन। तर,धामीगाउँका प्रत्यक्षदर्शीले उकालो जाँदै गरेको बोलेरो जिप ब्याक गर्दा सडकबाट २ सय मिटर तल खसेको छ।











