२०८३ कार्तिक १३, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

पाकिस्तानमा रहेको चिनियाँ दूतावासमा आक्रमण, चार जनाको मृत्यु

पाकिस्तानमा रहेको चिनियाँ दूतावासमा आक्रमण, चार जनाको मृत्यु

मंसिर ७ ।
पाकिस्तानको कराँचीस्थित चिनियाँ वाणिज्यदूतको कार्यालयमा एउटा सशस्त्र समूहले गोली हान्दा कम्तीमा चार जनाको मृत्यु भएको छ।

पश्चिमी पाकिस्तानमा चीनको लगानीको विरोध गर्ने पृथक्तावादी लडाकुहरूले घटना घटाएकोस्वीकार गरेका छन् ।
यसैविच पाकिस्तानमा भएको अर्को बम आक्रमणमा २० जनाको मृत्यु भएको छ । शिया समुदायको बाहुल्य रहेको ओराक्जाई जिल्लामा मोटरसाइकलमा आएका एक आत्मघाती आक्रमणकारीले भिडभाड भएको बजारमा विस्फोट गराएको बताइएको छ ।

पाकिस्तानमा सुन्नी अतिवादीहरूले अल्पमतमा रहेका शिया मुसलमानहरूलाई आक्रमण गर्ने गरेका छन् ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।