
मंसिर ७ ।
पाकिस्तानको कराँचीस्थित चिनियाँ वाणिज्यदूतको कार्यालयमा एउटा सशस्त्र समूहले गोली हान्दा कम्तीमा चार जनाको मृत्यु भएको छ।
पश्चिमी पाकिस्तानमा चीनको लगानीको विरोध गर्ने पृथक्तावादी लडाकुहरूले घटना घटाएकोस्वीकार गरेका छन् ।
यसैविच पाकिस्तानमा भएको अर्को बम आक्रमणमा २० जनाको मृत्यु भएको छ । शिया समुदायको बाहुल्य रहेको ओराक्जाई जिल्लामा मोटरसाइकलमा आएका एक आत्मघाती आक्रमणकारीले भिडभाड भएको बजारमा विस्फोट गराएको बताइएको छ ।
पाकिस्तानमा सुन्नी अतिवादीहरूले अल्पमतमा रहेका शिया मुसलमानहरूलाई आक्रमण गर्ने गरेका छन् ।