भनिन्छ तनाव लिने चीज होइन, यो त सके सम्म हस्तान्तरण गर्ने चीज हो । ‘लेनेका नही देनेका’ भन्ने वित्तिकै कस्लाई दिने ? लिने मान्छे पनि त चाहियो । हामी सबैको तनावको पहिलो चिज हो सन्तानको भविष्य , दोस्रो स्वास्थ्य, तेस्रो वृद्धा अवस्थाको साहारा । जीवनभर हामी यसैको तनावमा भौतारिई रहेका हुन्छौं । जमाना बदलिएको छ, हाम्रो सोचमा सानो परिवर्तन गर्ने वित्तिकै यी सबै तनाव एकै पटक हामीबाट छुट्छ त्यो हो जीवन वीमा ।

वीमा आफ्नो जीवन सुरक्षाका लागि व्यक्तिले कम्पनी सित गरेको संझौता हो । त्यसैले वित्तिय क्षेत्रहरुमा बचत गर्न भन्दा वीमा गर्नुमा वृद्धिमानी हुन्छ , दुईवटा कारणले पहिलो बचत र दोस्रो सुरक्षा पनि । हाम्रो जीवनमा पर्न सक्ने जोखिम वीमाले हटाउँछ । आर्थिक क्षतिको सुरक्षा, उत्कृष्ट प्रतिफल र ऋणको भार घटाउन बीमाको सर्वाधिक महत्व छ । उद्योगशीलताकालागि सहुलियत ऋण समेत बीमाबाट प्राप्त गर्न सकिन्छ । आफ्नो परिवारको सुनिश्चित भविष्य, आफूलाई लाग्न सक्ने रोगको उपचार एवं वृद्धवृद्धा अवस्थामा आर्थिक रुपले सक्षम हुन पनि वीमा नै चाहिन्छ । तसर्थ खुलेर ज्युन जीवन बीमा ।
के का लागि जीवन बीमा ?
वीमाको पहिलो उद्देश्य भनेको जोखिम घटाउने हो । यो केवल बचत होइन, बचतका अतिरिक्त लाभ प्राप्त गर्न र त्यस भन्दा बढी जीवनमा परि आउने कुनै पनि जोखिमलाई कम गर्नु हो । हाम्रा नियमित आम्दानीका स्रोतहरु कुनै पनि दिन बन्द हुन सक्छन् , हामीसंग दुर्घटनाको जोखिम हर समय, हर उमेरमा छ, यौवनसंग संगै कार्य दक्षता दिनानु दिन घट्दो छ । हाम्रो परिवारिक संरचना अति कमजोर छ , उत्पादन कम, उपभोक्ता धेरै अर्थात आश्रितहरुको संख्या बढी । कल्पना गर्नुस् परिवारको एकजना कमाउने सदस्यको असक्तताले कहाँ कहाँ असर गर्छ ? वालवालिकाले पढाई वीचैमा छोड्नु पर्ने हुन सक्छ, पारिवारिक स्तर तत्काल घट्छ , इज्जत प्रतिष्ठा र पारिवारिक एवं सामाजिक सम्बन्धहरुमा ह्रास आउँछ ।

वित्तिय क्षेत्रसंग कारोवार रहेको भए लिलामीको संभावना रहन्छ, मानसिक रुपमा आश्रित परिवारको अवस्था कमजोर हुन्छ अरु कति कति के के सबै अवस्था चौपट हुन्छ । भन्न डर लागे पनि म मरिहाल्ने संभावना, दुर्घटनामा परेर अंगभंग हुने संभावना, हुर्कदै गरेका छोराछोरीको पढाई लेखाई चौपट हुने संभावना भरे के खाउँ भोलि के खाउँ हुने संभावना एउटा अमीर परिवारको सदस्य एक गरीव परिवारको सदस्य बराबरको संभावना छ । यी सबै संभावनाहरु भनेको आजै गरिहाल्ने जीवन वीमा मात्र हो । परिवारको कमाउने मानिसको अभावमा पनि परिवारको दैनिकीमा ठूलो असरबाट बचाउने भरपर्दो विकल्प भन्नु नै जीवन वीमा हो । त्यसैले आज वीमाका लागि तिरेको रकम खर्च होइन लगानी हो ।

शिक्षा र स्वास्थ्य यी दुई अहिलेको सबै भन्दा खर्चिला क्षेत्र, प्राणघातक रोगहरु को निरन्तर पहिचान भै रहेका बेला उपचारका लागि जसरी पनि जोहो गर्नुपर्ने खर्चले कतिपय परिवारको अवस्था नाजुक बनेको छ । वीमाले त्यस्ता रोगहरुमा हुने खर्चिलो अवस्थामा सहयोग गर्छ । भर्खरै जन्मीएका वा हुर्कदै गरेका नानी बाबुहरुको जीवन वीमाले भोली देशले मागेको, समयले मागेको उनीहरुको मनले आँटेको राम्रा विषयहरु पढ्न पाउने अवसरको सिर्जना गर्दछ । आज हामी स्वास्थ्य र शिक्षा प्रति धेरै सजग भै सकेको छौं, हो त्यो सजगता वीमा गर्नमा देखिनु पर्दछ । यसैबाट मात्र परिवार सुरक्षा संभव छ ।

जीवन वीमाका लागि किन रिलायन्स ?
वीमा गर्नु अघि सोच्नै पर्ने विषय भनेको विमाको योजना, त्यसको लाभ, अतिरिक्त सुविधा, दु्रत र भरपर्देा सेवा र विश्वसनीयता हुन् । यी कुराको ग्यारेन्टी रिलायन्स लाइफ इन्सुरेन्समा मात्र छ । आज हामी हाम्रो आवस्यकता किन्न चाहान्छौं , रिलायन्स लाईफ इन्सुरेन्सले तपाईको भावना बुझेको छ र हामी तपाईको आवस्यकता र मागमा केन्द्रित छौं । निश्चित मूल्य मान्यतामा अडिक भएर सेवालई उपल्लो स्तरको व्यवसायिक हैसियत प्रदान गर्न यसका प्रवद्र्धक, व्यवस्थापन टीम, कर्मचारी वर्ग दत्तचित्त भएर लागेको छ । सिदार्थ बैकद्धारा प्रर्वर्तित रिलायन्सको व्यवस्थापन समूह प्रतिस्पर्धात्मक बजारमा रिलायन्सलाई सेवा र नाम दुबै हिसाबले विजेता बनाउन आफ्नो विज्ञता र विशेषज्ञताको असीम उपयोग सहित प्रतिवद्ध छ ।

रिलायन्स परिवार सधै ग्राहकको जोखिम कम गर्न तल्लिन छ र वहाँहरुको दीर्घायूको कामना गरी रहन्छ । ग्राहकको जिन्दगीलाई खुलेर ज्यूँन सक्ने बनाउनु नै हाम्रो ध्येय हो । हामी रिलायन्स साथीको घेरालाई फराकिलो बनाउन चाहान्छौं । वहाँहरुले ग्राहक सम्म पुर्याउनु भएको सेवा र समयलाई वहाँहरुको जीवनवृत्तिसंग जोड्न चाहान्छौं । यसै अनुसार हामी कम्पनी भित्र व्यापक रोजगारीको सिर्जना गरी रहेका छौं । काम गर्ने इच्छा, समय र जाँगर भएका युवाहरुलाई यहीँ भित्र कामको अवसर उपलब्ध छ । आउनुहोस हातेमालो गरौं ।
के छन् रिलायन्सका योजना ?
क) सुखमय जीवन वीमा योजना, एक पटकको इन्सुरेन्सले जीवन भर ढुक्क दिन्छ ।
ख) सुरक्षित जीवन वीमा योजना, अनुशासित बचत संगै जीवन सुरक्षित हुन्छ ।
ग) धन फिर्ता विमा योजना, अफ्ठेरोमा खर्च गर्दै जान पाइन्छ ।
घ) वाल जीवन योजना, एउटा वीमा शुल्कबाट अभिभावक र वच्चा दुबैको जीवन वीमा हुन्छ ।
ङ) जीवन शान्ति योजना, खुलेर ज्यू न । न शोक न सुर्ता ।
रिलायन्स लाइफ तुलनातमक रुपले सस्तो पनि छ । यस्ले १८ विविध घातक रोगहरुको उपचारमा सहयोग गर्छ । वीमा भन्ने वित्तिकै जुनसुकै योजना भए पनि त्यो बचत हो, त्यसले अतिरिक्त लाभ दिन्छ, दुर्घटनामा सहयोग गर्छ, प्राण घातक रोगको उपचार खर्च उपलब्ध गराउँछ, तोकिएको अवधिपछि तपाईले जम्मा गर्नु भएको रकमसंग प्रतिफल सहित प्रदान गर्छ ।
हो त्यसैले आजै जीवन बीमा गरौं, त्यो पनि रिलायन्स लाइफ इन्सुरेन्स बाट नै ।

लेखकः रिलायन्स लाइफ इन्सोरेन्स धादिङ शाखा प्रमुख हुनुहुन्छ ।

Facebook Comments