मंसिर १७ ।
प्रधानन्यायाधीशको सिफारिस गर्नका लागि सोमबार बसेको संवैधानिक परिषदको बैठक बिना निष्कर्ष टुंगिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकमा विभिन्न आयोगहरुको अध्यक्ष तथा सदस्यहरुको नियुक्तिका विषयमा छलफल हुने विषय सूची थियो । बैठकले नयाँ न्यायाधीशको नामसिफारिस बताइएको थियो ।
त्यसका लागि न्याय परिषदले केही दिनअघि नै सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशद्वय चोलेन्द्र शमशेर जबरा र दीपकराज जोशीको नामसिफारिस गरेको थियो । अहिलेका प्रधानन्यायाधीश ओमप्रकाश मिश्र पुस १७ बाट अवकाश हुँदै हुनुहुन्छ । अवकाश हुनुभन्दा एक महिनापहिले नै भावी प्रधानन्यायाधीशको सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।