जेठ ३, धादिङ ।
वस्तुनिष्ट, वैज्ञानिक र माक्सवाद् सम्बाद् जवाफ दिन सक्ने एक मात्र नेता मदन भण्डारी रहेको परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञावलीले बताउनुभएको छ । ”जव पुराना जवाफहरु काम लाग्दैन, जब पुराना औषधीले काम गर्दैन जव पुराना विचारहरुले काम गर्दैन तव नेता जन्माउछ, समयले विचार जन्माउछ”- ज्ञवालीले भन्नुभयो, त्यस्तै समयले जन्माएको नेता मदन भण्डारी हुनुहुन्थ्यो ।
मदन आश्रित स्मृति दिवशको अवसरमा नेकपा धादिङले आयोजना गरेको कार्यक्रममा ज्ञावालीले यस्तो बताउनुभएको हो । जनताको साथ र समर्थनबाट मात्र समाज परिवर्तन हुन्छ भनेर मदन भण्डारीले भन्नुभएको कुरा वर्तमान राजनितिमा लागु भएकाले मदन भण्डारी दुरदर्शी नेता भएको उहाँको भनाई थियो । भयानक संकटबाट गुज्रीरहेको अन्र्तराष्ट्रिय कम्यूनिष्ट आन्दोलनलाई जननेता मदन भण्डारीले एक–दुई ओटा ठाउँमा भएको असफलताले माक्सवादको अन्त्य हुनै नसक्ने वस्तुनिष्ट जवाफ पनि दिनुभएको ज्ञवलीले बताउनुभयो ।
माक्सवादको सान्दर्भीकतालाई र सच्चाईलाई सम्झौताहिन ढङ्गले अगाल्नुपर्ने सम्पूर्ण कम्यूनिष्टहरुलाई आग्रह गर्नुभयो । साथै मन्त्री ज्ञवालली एमाले र माओवादी एकता पछि सोचे अनुरुपको कामहरु गर्न नसक्दा पार्टीलाई माया गर्नेहरुको मनमा चिन्ताहरु उत्पन्न भएको हुन सक्ने बताउनुभयोे । पार्टी एकतालाई अगाडी बढाउन नसक्दा धेरै क्षती भईरहेको स्विकार गर्दै मन्त्री ज्ञवालीले यो विचमा धेरै कामहरु पनि भएको जिकिर गर्नुभयोे । संघिय लोकतान्त्रीक गण्तन्त्रमा कोही पनि सत्रु नहुने र अबको सत्रु गरिबि रहेको उहाँले उल्लेख गर्नुभयो । देशको समृद्धिको लागि सत्तापक्ष प्रतिपक्ष भन्दा पनि एक ढिक्का भएर सहकार्यका साथ देश विकासको निमित्त अघि बढ्नुपर्ने बताउनुभयो । केही सारथीहरुले सरकारको कामलाई नकरात्मक प्रचार गरेर जनतालाई निराश बनाउने काम नगर्न आग्रह गर्नुभयो ।

मदन आश्रितको २६ औं स्मृति दिवश तथा पार्टी एकताको १ वर्ष पुराएको भएको अवसरमा संञ्चालन भएको कार्यक्रममा उपस्थित नेकपाका पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री राजेन्द्र प्रसाद पाण्डे, अर्का पोलिटव्यूरो सदस्य एवं पूर्व मन्त्री गंगालाल तलाधर, केन्द्रिय सदस्य एवं सांसद खेम प्रसाद लोहनी, अर्का कन्द्रिय सदस्य एवं प्रदेश मन्त्री शालिकराम जमरकट्टेल लगायत नेता तथा कार्यकर्ताहरुले मदन भण्डारीको योगदानको विषयमा भनाई राखेका थिए । प्रतिनिधि सभाका सांसद एवं नेकपा धादिङका अध्यक्ष भूमि त्रिपाठीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा परराष्ट्र मन्त्री प्रदिप ज्ञवलीको प्रमुख आतिथ्य रहेको थियो ।