२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

भोली गणतन्त्र दिवश, धादिङमा पनि मनाईदैं, दिवशको पूर्व सन्ध्यामा सरसफाई तथा रक्तदान कार्यक्रम

सेयर गर्नुहोस्
०सेयर

जेठ १४, धादिङ ।
भोली जेठ १५ अर्थात गणतन्त्र दिवस विविध कार्यक्रमका साथ धादिङमा पनि मनाईने भएको छ । दिवशको अवसरमा आज धादिङवेशीं विचबजार वरिपरि सरसफाई गरिएको छ ।

गणतन्त्र दिवश आयोजक मुल समारोह समिति धादिङको आयोजना र जिल्ला प्रहरी कार्यलय धादिङले संञ्चालन गर्दै आएको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तरगत सरसफाई गरिएको हो । गणतन्त्र दिवशकै अवसरमा आज निलकण्ठ बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम गरिएको छ ।

निलकण्ठ बहुमुखी क्याम्पस धादिङको आयोजना तथा यूवा रेडक्रस सर्कल निलकण्ठ बहुमुखी क्याम्पस धादिङको सहआयोजना र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । रक्तदान कार्यक्रममा ३० जना महिला र ५१ जना पुरुष गरि ८१ जनाले रगगत दान गरेका छन् ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।