फाईल तस्विर /स्रोत :गुगल

जेठ १३, धादिङ ।
धादिङको थाँक्रे गाउँपालिका वडा नम्बर ६ महादेववेशीं र धुनिवेशीं नगरपालिका वडा नम्बर ६ चालिसेमा २ वटा बम भेटिएको छ । आज विहान २ बजे महादेववेशीमा सकेट बम र ५ बजे चालिसेमा प्रेसर कुकर बम भेटिएको हो ।

दुवै ठाउँमा भेटिएको बम गजुरीबाट खटिएको नेपाली सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोज गरिएको ईलाका प्रहरी कार्यलय खानीखोलाले जनाएको छ । नेत्र विक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव धादिङमा पनि परेको छ ।

आज विहानैदेखी धादिङवेशींबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन बन्द हुँदा यात्रुहरु मारमा परेका छन् । भने धादिङवेशीं उद्योग कलकारखानाहरु विहानैदेखी बन्द हुँदा जनजीवन प्रभावित बनेको छ । पृथ्वीराजमार्गमा पनि सवारी साधन अन्य दिनको तुलानामा कम सवारी चलेका छन् ।

Facebook Comments