२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

बस र कन्टेनर एक आपसमा ठोक्कीदा एकको मृत्यु, १५ घाईते ८ को अवस्था गम्भीर

बस र कन्टेनर एक आपसमा ठोक्कीदा एकको मृत्यु, १५ घाईते ८ को अवस्था गम्भीर
सेयर गर्नुहोस्
०सेयर

जेठ १५, धादिङ ।
पृथ्वीलोकमार्ग अन्र्तरगत धादिङको थाक्रे गाउँपालिका वडा नम्बर १ खयरघारीमा कन्टेनर र बस एक आपसमा ठोक्कीदा एक जनाको मृत्यु भएको छ ।

सुनौलीबाट काठमाण्डौ तर्फ जादै गरेको बा १ प १३६३ नम्बरको पर्यटक बस र काठमाण्डौबाट केरुङ तर्फ जादै गरेको ना ५ ख ८०६८ नम्बरको कन्टेनर एक आपसमा ठक्कर खादा दुर्घटना भएको हो । बस सडकबाट अन्दाजी २ सय मिटर तल महेश खोलामा खसेको थियो ।

मृत्युहुनेमा बसका चालक लम्जुङ जिल्लाका हरि न्यौपाने रहेकोे छ । १६ जना सवार रहेको बसमा घाईतेहरु मध्ये ८ जनाको अवस्था गम्भिर छ । गम्भीर घाईतेहरुलाई उपचारको लागि काठमाण्डौ पठाईएको छ । भने ७ जनाको स्थानिय मेडिकलमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरिक्षक एवं सुचना अधिकारी प्रकाश विष्टले जानकारी दिनुभयो । थप अनुसन्धान भईरहेको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।