
अषाढ २९ ।
दोस्रो खेलमापनि नेपालले मलेसियामाथि जित निकालेको छ। १७४ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ७ विकेट गुमाएर मात्र १६७ रन बनायो। जितसंगै नेपालले २ खेलको सिरिजलाई २–० ले आफ्नो पक्षमा पारेको छ।
मलेसियाका लागि साइद अजिजले ५० रनको अर्धसतकीय खेल्दै ३७ बलमा ७ चौका र १ छक्का प्रहार गर्नुभयो । यस्तै मुहम्मद सायदाद
ले ११ बलमा नटआउट २१ रन बनाउनुभयो भने अमिनुद्दीन राम्लीले २४ रन बनाउनुभयो। नेपालका सोमपाल कामी र सन्दिप लामिछानेले २–२ विकेट लिनुभयो।
यसअघि क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले उत्कृष्ट ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो।
विनोद भण्डारीले विस्फोटक व्याटिङ गर्दै अविजित २५ बलमा ५ छक्का, ३ चौका प्रहार गर्दै ५१ रन बनाउनुभयो । नेपाल तर्फ पारस खड्का २३, पवन सरार्फ १०, ज्ञानेन्द्र मल्ल ७, रोहित कुमार पौडेल १९, सरद भेष्वाकर ४०, करण केसी १६ र सोमापाल कामीले १ रन बनाउनुभयो । २ खेलको मैत्रिपूर्ण अन्र्र्तराष्ट्रिय टि-२० क्रिकेट शृङ्खला अन्तर्गत दोस्रो खेल अहिले क्वालालम्पुरको किनरारा एकेडमी ओभल मैदानमा भएको हो।
मलेसियाका लागि फित्री शामले सर्वाधिक ३ विकेट लिनुभयो भने शायद अजिज र शर्भिन मुनियान्डेले १–१ विकेट लिनु भएको थियो। नेपाली टोली अब मलेसियाबाट एसिया कप छनोट खेल्न सिङ्गापुर प्रस्थान गर्नेछ । सिङ्गापुरमा आगामी साउन ६ देखि १२ गतेसम्म आइसिसी टी–ट्वान्टी विश्वकप एशिया छनोटमा नेपालसहित आयोजक सिङ्गापुर, मलेसिया, कतार र कुवेत भिड्ने छन् ।
पारस खड्काको कप्तानीमा रहेको नेपाली टोलीमा ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, शरद भेषवाकर, ललितनारायण राजवंशी, अविनाश बोहरा, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, पवन सर्राफ र सोमपाल कामी छन् । वैकल्पिकतर्फ सुशन भारी, कुशल भुर्तेल, आरिफ शेख र जीतेन्द्र मुखिया छन् ।
नेपालले पहिलो खेल आगामी साउन ७ गते कतारसँग खेल्नेछ । यस्तै साउन ८ मा मलेसियासँग, ११ गते कुवेत तथा १२ गते सिङ्गापुरसँग खेल्नेछ । शीर्ष स्थान हासिल गर्ने टोलीले विश्वकपको ग्लोबल छनोट खेल्नेछ । ग्लोबल छनोट अक्टोबर ११ देखि नोभेम्बर ३ तारिखसम्म संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुँदैछ ।