
साउन ४, धादिङ ।
“पुरानोलाई सम्मान नयाँलाई प्रोत्साहन” भन्ने मुल नाराका साथ यहि मिति २०७६ साउन २३ गते अर्थात अगस्ट ८ तरिखमा अन्र्तराष्ट्रिय जम्बुलिङ फिल्मस अवार्ड कार्यक्रम हुदैछ ।
धादिङ, रसुवा, नुवाकोटमा प्रचलित तामाङ समुदाय भित्र रहेको कला साँस्कृतिक परम्परा रहन सहन रितिरिवाज भेषभुषा झल्काइ राख्ने तामाङ गित म्हेन्दोमाया, नेपाली लोक दोहोरी गित, पप गित, आधुनिक गित र रास्ट्रिय गित बाट गरि ५६ वटा बिधामा अवार्ड दिने घोषणा भएको छ । उत्कृष्ट ५ भित्र पर्ने गित, भाका, शब्द, गायक, गायिका, निर्देशन, स्वर, अभिनय देखि लिएर सबै क्षेत्रलाई समाबेश गरि अवार्ड दिने आयोजक जम्बुलिङ फिल्मस् प्रा.लि.ले जनाएको छ ।
कलाकारहरुलाई हौसला प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड कार्यक्रम गर्न लागेको जम्बुलिङ फिल्मस् प्रा.लिका प्रवन्ध निर्देशक राजकिङ वाईवाले बताउनुभयो । कला र गलाको उच्च मुल्यांकन र कदर गर्दै थप उर्जा प्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागेको अवार्ड कार्यक्रमको तयारीको ७५ प्रतिशतको काम सक्कि सकिएको उहाँले बताउनुभयो ।
धादिङ जिल्ला खनियाबास गाउँपालिका सत्यदेवी तलसाउरमा आमा राम माया तामाङ र बुबा वीर बहादुर तामाङको कोखबाट २०४५ असोज १५ गते जन्मिनु भएका गायक तथा कलाकार राजकिङ वाईवाले आफ्नै लगानीमा अवार्ड गर्न लाग्नु भएको हो । बिगत एक दसक देखि गित संगीतलाई आफ्नो पेशाको रुपमा अङ्गाल्दै आउनु भएका तामाङले १ सय ५० वटा भन्दा बढि गीतमा अभिनय र नृत्य निर्देशक गरिसक्नु भएको छ । यस्तै एक दर्जन तामाङ गितहरु गाइसक्नु भएका वाईवाले भिडियो सम्पादन गर्ने काम पनि आँफै गर्दै आउनुभएको छ ।
नौ बर्षको उमेरमा बुबाको निधन पछि मामा र माईजुको घरमा बसेर अध्ययन गर्दै संघर्ष गर्न थाल्नुभएका वाईवाले धेरै मिहिनेत र त्यागले आफु यो स्थान सम्म आउन सफल भएको अनुभव सुनाउनुभयो । कक्षा १ देखि नै पढाईमा अब्बल वाईवा गीत संगीतमा पनि त्यत्तिकै अब्बल हुनुहुन्थ्यो ।