२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

५ लाख धरौटीमा रवि लामिछानेलाई रिहा गर्न अदालतको आदेश, पुडासैनी आत्महत्या प्रकरणबारे कार्यक्रम चलाउन नपाउने

५ लाख धरौटीमा रवि लामिछानेलाई रिहा गर्न अदालतको आदेश, पुडासैनी आत्महत्या प्रकरणबारे कार्यक्रम चलाउन नपाउने
सेयर गर्नुहोस्
०सेयर

भदौं ९ ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको अनुसन्धानका क्रममा रहेका सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेललाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ भने अस्मिता कार्कीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएकाे छ ।

जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको एकल इजलासले लामिछानेलाई पाँच लाख र कँडेललाई तीन लाख रुपैयाँ धराैटीमा रिहा गर्न आदेश दिएकाे हाे । अस्मिता कार्कीलाई भने साधारण तारेखमा रिहा गर्ने अदालतले आदेश दिएकाे छ ।

आत्महत्या दुरुत्साहन कसुरको मुद्दामा सोमबार जिल्ला अदालत चितवनमा रवि लामिछानेसहित तीनैजनाको बयान लिइएको थियो ।

आइतबार अस्मिता कार्कीको बयान लिइएको थियो । सोमबार रवि लामिछाने र युवराज कँडेलको बयान लिइएको हो । बयान सकिएपछि सरकारी वकिलको मागको पक्ष र विपक्षमा थुनछेक बहस भएको थियो । प्रतिवादी रवि लामिछाने र युवराज कँडेलको तर्फबाट ८ जना अधिवक्ता तथा अस्मिता कार्कीको तर्फबाट ७ जना अधिवक्ताले बहस गरेका थिए । त्यस्तै वादीतर्फबाट ६ जना अधिवक्ताले बहस गरेका थिए ।

यसैगरि शालिकराम पुडासैनीको आत्महत्या दरुत्साहनको मुद्दा खेपिरहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेले यसबारे कार्यक्रम चलाउन नपाउने भएका छन् ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।