पौष १ ।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा नेताहरुले धारणा राख्ने क्रम जारी छ । दिउँसोसम्म नन्द कुमार प्रसाई, सुरेन्द्र पाण्डे, अमृतकुमार बोहोरा, बेदुराम भुसाल, शंकर पोखरेल, घनश्याम भूसाल लगायतले धारणा राखिसकेका छन् ।

बोल्ने सदस्यहरुले सरकारलाई प्रभावकारी बनाउने, पार्टी एकीकरणका बाँकी कामहरु पूरा गर्ने तथा जनतामा गरेका बाचाहरु पूरा गर्ने विषयमा धारणा राखेका थिए । सरकारले गरेका राम्रा काम जनताको बीचमा प्रचार गर्नुपर्ने सदस्यहरुले बताएका छन् । जनताले उठाएका सुशासनका क्षेत्रमा सरकारको ध्यान नपुगेको उनीहरुको टिप्पणी थियो ।

आज बोल्ने सदस्यहरुले पनि एमसीसीको विषयमा कुरा उठाएका थिए । उनीहरुले प्रतिवेदनका भाषाहरु निकै सन्तुलित र अन्तराष्ट्रिय सम्बन्ध नबिग्रने, नेपालमा लगानी आउनका निम्ति प्रतिकूल प्रभाव नपर्ने किसिमको शब्दावली प्रयोग हुनुपर्ने बताएका थिए । बैठकमा गुट अन्त्य हुनुपर्ने कुरा पनि उठेको छ ।

Facebook Comments